एक युवकद्धारा झुण्डिएर आत्महत्या

दार्चुला : दार्चुलामा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–२ भगवतीका ३० वर्षीय नरेन्द्र सिंह धामीले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

महाकाली नगरपालिका–४ विद्यानगर टोलमा कोठा भाडा लिइ बस्दै आएका धामी आइतवार दिउँसो पौने दुई बजेतिर आफ्नै कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेको सूचना अधिकारी सिंहले बताए । मृतक धामीका श्रीमती र दुई छोराछोरी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.