डडेल्धुरा गोष्ठीमा नपुग्दै अस्ताए नाप्रास कपाडी, भोलि शैल्यशिखरमा शोक बिदा

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । नगरपालिकामा कार्यरत नायव प्राविधिक सहायक खेमराज कपाडीको डडेल्धुराको एक गोष्ठीमा जाने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले कपाडीको शव सोमवार बिहान सडक भन्दा करिब २ सय मिटर तल फेला परेको बताए । प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल कुनै वस्तुमा ठोकिएर दुर्घटना भएको पाइएको उनले बताए ।

कपाडी आइतवार बिहान ८ बजे डडेल्धुरामा आयोजना गरिएको गत आर्थिक वर्षको वार्षिक समीक्षा तथा चालू आवको नीति कार्यक्रम सार्वजनिक सम्बन्धी गोष्ठीमा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेका थिए । तर, उनी त्यँहा नपुग्दै अस्ताएका हुन् । उनीसँग सम्पर्क हुन नसकेपछि परिवार र प्रहरीले खोजी गरेको थियो । खोजी गर्दै जाँदा सोमवार बिहान बैतडीको सल्लेनामा मोटरसाइकल दुर्घटना भएको अवस्थामा कपाडीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कपाडी शैल्यशिखर नगरपालिका वडा नम्बर २ को कार्यालयमा सचिवको जिम्मेवारीमा पनि थिए । यसैबीच कपाडीको निधनमा शैल्यशिखर नगरपालिकाले भोलि नगरपालिकाका भरी शोक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.