महाकालीका मेयर चैसिरद्वारा निर्माणाधीन मोटरेवल पुलको काम बन्द गराइयो

दार्चुला : महाकाली नगरपालिका-८ असिगडास्थित नेपाल-भारत जाेड्ने निर्माणाधीन माेटरवेल पुलकाे बन्द गराइएको छ । बुधवार दिउँसो महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिरले निर्माणाधीन मोटरेवल पुलको नेपालतर्फको काम बन्द गराएका हुन् ।

भारतले भदौ २० गते व्याँस गाउपालिकाकाे तिङ्कर जाने क्रममा महाकाली नगरपालिकाका मेयर नर सिंह चैसिर, ब्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दिपक खातिलाई रोकेको थियो ।

त्यसपछि जनप्रतिनिधिहरुले भदौ २४ गते जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउदै तीन दिनभित्र रोक्नुको कारणसहित जवाफ माग गरेकोमा त्यसको कुनै जवाफ नआएपछी बिरोधस्वरुप भारतबाट निर्माण कार्य हुँदै आएको मोटरेवल पुलको काम बन्द गराइएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.