महाकालीमा हाम फाली बेपत्ता भएका पुरुषको पहिचान खुल्यो

दार्चुला – महाकाली नदीको पुलबाट हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छ । बिहिवार बिहान ८ बजेतिर नेपाल(भारत जोड्ने झोलुंगे पुलबाट महाकाली नगरपालिका(१ लास्कुका अन्दाजी ४५ वर्षीय ज्ञानीराम भूल ९कालू० ले हाम फालेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नेपालबाट भारतीय बजार धारचुला गइरहेका भूललाई भारतपट्टि एसएसबीले परिचयपत्र देखाउन भनेकोमा उनी संग परिचयपत्र नहुदा फिर्ता पठाउदा झोलुङ्गे पुलको बीच भागबाट नदीमा हाम फालेको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । बेपत्ता भूलको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.