रेडियो लिपुलेक एफएम तेस्रो वर्षमा प्रवेश

दार्चुला : अद्वितिय राष्ट्रिय विकास संगठनद्घारा संचालित रेडियो लिपुलेक एफएम ९९.६ मेगाहर्ज आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्रामीण क्षेत्र पनेबाँजबाट संचालित लिपुलेक एमफएम दुई वर्ष पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको हो । समाज तथा देशमा भइरहेका अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्धका साथै दीन दुखी, गरिबी असहायलगायत जनताको आवाज बोल्ने उद्धेश्यले दार्चुलामा यो रेडियो स्थापना गरिएको संस्थाका अध्यक्ष गणेश सिंह धामीले बताए ।

सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण र सन्तुलित सामग्री प्रशारण गर्ने यात्रा अविचलित रहने उहाँले बताए । यस्तै रेडियो प्रशारण गर्न निक्कै कठिनाइ भोग्नु परिरहेको बेदनासहित स्थापनाकाल देखि नै आर्थिक पाटो कमजोर भएपनि रेडियो नियमित प्रसारणबाट नरोकिने अध्यक्ष धामीले बताए । संचारकर्मको यात्रामा यस रेडियो सँगसँगै मालिकार्जुन खबर अन्लाइन पनि संचालनमा रहेको छ ।

यस अवसरमा हामी हाम्रा आम स्रोता, विज्ञापनदाता, ग्राहक वर्ग, रेडियोमा कार्यरत कर्मचारी, शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

Leave A Reply

Your email address will not be published.