शैल्यशिखर नगरपालिकाले बजारको फोहोर ब्यबस्थापन नगर्दा स्थानीयले फाले बीच सडकै फोहोर

दार्चुला- शैल्यशिखर नगरपालिकाको गोकुलेस्वर बजारमा महिनौ देखि फोहर ब्यबस्थापन हुन नसक्दा सडकपेटी र मुख्य बजार क्षेत्र भरी फोहर थुप्रीएको छ। दिनानुदिन फोहरले नगरपालिका दुर्गन्धित भैरहदा नगरपालिका भने मुकदर्शक बनिरहेको छ।
फोहोर व्यवस्थापनको सवालमा दार्चुलाको शैल्यशिखर नगरपालिका निरीह सावित भएको स्थानीयले आरोप लगाएका छन । मुख्य बजारको फोहोर नउठेको दुई महिना हुँदा पनि नगरपालिकाले कुनै वास्ता नगरेपछि फोहोर सडकमा फाल्नु परेको स्थानीय सुरेश बिस्टले बताए ।
गत असार १२ गते नगरपालिक का उपमेयर शान्ती खडायय , निमित्त प्रमुख प्रशाशकिय अधिकृत सुरेन्द्र बिस्ट र स्थानीय बिच भएको सहमति अनुसार ३ दिन भित्र फोहोर उठाउने सहमति भएको थियो । तर हाल सम्म उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आज बजारको फोहोर सडकमा फल्न बाध्य भएका हौ गोकुलेस्वरका स्थानीय व्यापारी सुरेन्द्र सिंह भण्डारीले भन्नु भयो । पटक -पटक स्थानीयले फोहोर ब्यबस्थापनको लागि आग्रह गर्दा पनि फोहोर उठाउनतर्फ नगरपालिकाको ध्यान जान सकेको छैन ।बजार दुर्घन्धित हुदा नाक छोपेर हिड्नु पर्ने अवस्था रहेकोे स्थानीयले गुनासो गरेका छन।बजारको फोहोर लामो समय सम्म ब्यबस्थापन नहुदा बजारक्षेत्र कुरुप बन्दै गएको छ।आज बिरोध स्वरुप फोहोर संकलन गरेर सडकमा फालिएपनी भोलि बिहिवार नगरपालिकामा तालाबन्दी गर्ने गोकुलेश्वरका स्थानीय ब्यापारी नर बहादुर साउदले बताए ।

Leave A Reply

Your email address will not be published.