दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ झुस्कुमा करेन्ट लागेर (शनिबार)आज एक जनाको घट्ना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा झुस्कु बस्ने अन्दाजी वर्ष ५० की द्रोपती बडू रहेको बताइएको छ।
घर नजिकैको गडानी भन्ने स्थानमा घास काट्न गएका बेला भुईमा खसेको विद्युतिय तारबाट करेन्ट लाग्दा द्रोपतीको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
महाकाली नगरपालिका वडा नम्बर २ को वडा कार्यालय र मल्लो सेला बजारमा विद्युतीकरण गर्न विगतमा दार्चुला विद्युत प्रा.लि. ले ग्याबिन तारमा विद्युत तानेको थियो । मल्लो सेला बजारमा विद्युतिकरणका लागी तानेको ग्याबिन तार रुखमा बाधेको तथा रुख सुकेका कारण रुख ढल्दा उक्त तार भुइमा खसेकोले करेन्ट लागेको स्थानीयले बताएका छन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.