दार्चुला कारागारका दुई कैदी छुटे

दार्चुला : संविधान दिवसको अवसरमा दार्चुला जिल्ला कारागारबाट दुई जना कैदी छुटेका छन् । कर्तव्य ज्यान मुद्दाका १ र चोरी मुद्धाका १ जना गरी २ जना रिहा भएका हुन् । संविधान दिवसको अवसरमा कारागारमा कैद भुक्तान गरिरहेका कर्तव्य ज्यान मुद्दाका अपिहिमाल गाउँपालिका-५ गुल्जरका ३९ वर्षीय पदम ठगुन्ना र चोरी मुद्दाका लेकम गाउँपालिका-३ का ४२ वर्षीय चन्द्र बहादुर चन्दलाई रिहा गरिएको कारागार कार्यालय दार्चुलाका निमित्त प्रमुख सुन्दरी अवस्थीले जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तान गरेकाको बाँकी कैद संवैधानिक व्यवस्था अनुसार सरकारले माफी मिनाहा गरेकोले रिहा गरिएको उनले बताए । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.