शैल्यशिखरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धामीलाई

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत पुष्कर सिंह धामीलाई दिइएको छ । नौगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका धामीलाई थप जिम्मेवारीसहित शैल्यशिखर नगरपालिकाको जिम्मेवारी दिइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शैल्यशिखरमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि आर्थिक र प्रशासनिक कार्य सहितको थप जिम्मेवारी दिइएको जनाएको छ । शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भ्रष्टा«चारको मुद्धामा तानिएपछि त्यँहा प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको थियो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका धामी सोही नगरपालिकाका प्रमुख बिजय सिंह धामीका छोरा हुन् ।

Leave A Reply

Your email address will not be published.