शैल्यशिखरका शिक्षक, विद्यालय कर्मचारी आन्दोलित, संघ÷संगठन त्यागको घोषणा

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका शिक्षक तथा विद्यालय कर्मचारी पनि आन्दोलित हुने भएका छन् । सोमवार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा बसेको शिक्षक तथा विद्यालय कर्मचारीहरुको बैठकले आन्दोलनको घोषणा गर्दै विभिन्न निर्णय गरेको छ । संसदमा दर्ता भएको नयाँ शिक्षा विधेयकका विरुद्धमा शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन् । नगरपालिकाको गोकुुलेश्वरमा बसेको बैठकले नगरपालिकाका सबै किसिमका आन्दोलनरत शिक्षक कर्मचारीहरुले शैल्यशिखर नगरपालिकाको नगर शिक्षा कार्यालय अगाडी धर्ना तथा र्याली गर्ने निर्णय गरेको कृष्णमावि बलाँचका शिक्षक खेमराज भट्टले बताए । आन्दोलित शिक्षक तथा विद्यालय कर्मचारीले विद्यालयको हाजिरी आन्दोलनको मैदानमा लगाउने पनि निर्णय भएको उनले बताए । आजकै बैठकबाट आन्दोलनरत उमावि, अनुदान, राहत, प्राविधिक, पेन्सन, बन्चित सम्पूर्ण शिक्षकहरुले आ–आफू आवद्ध शिक्षक संघ÷संगठनबाट राजिनामा गरी बाहिरिएको घोषणा गरेका छन् । यस्तै बैठकले काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनमा सहभागिताका लागि नगरपालिकाका प्रत्येक विद्यालयबाट १÷१ जना शिक्षक पठाउने निर्णयसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.