दार्चुला सदरमुकामबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ । महाकाली नगरपालिका–५ गल्फैस्थित घर, होटल तथा पसलबाट अबैध घरेलु मदिरा नष्ट गरिएको हो । बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटि गएको टोलीले चेकजाँच गर्दा ४० लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । यस अघि प्रहरीले जिल्लाको मार्मा गाउँपालिका–४ बार्कुबाट कच्चा पदार्थसहित ६ सय ९० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको थियो ।