शैल्यशिखरमा घरको सिढीबाट लडेर ७० वर्षीया वृद्धाको मृत्युु

दार्चुला : दार्चुलामा एक वृद्धाको घरको सिढीबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-९ गाँजरी बस्ने ७० वर्षीया कलावती महर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आज बिहान ६ बजेतिर आफ्नै घरको सिढी (भर्याङ) बाट लडेर बेहोस भएकी महरको उपचारका लागि गोकुलेश्वर अस्पताल लैजादै गर्दा बीच बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.