दुहुँका मृगौला पीडित ६ वर्षीय डडालका लागि आर्थिक सहयोगको अपिल

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका-२ हिकिलाका मिर्गौला पीडित बालक संगित डडालका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बिगत १ वर्षदेखि उपचाररत डडालको थप उपचारका लागि आर्थिक आवश्यक परेकाले सहयोगको अपिल गरिएको हो ।

अहिले डडालको भारतको ब्याङलोरस्थित ईन्द्रा गान्धी अस्पतालमा उपचार भईरहेको छ । सुरु देखि काठमाडौको कान्तिबाल अस्पतालमा उपचार भइरहेकोमा चार लाख जति खर्च गरिएपनि त्यहाँ थप उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लगिएको पीडितका आफन्त (काका) दिपेश सिंह डडालले बताए । उनका अनुसार डडालको उपचारमा थप ३ लाख भारतीय रुपैयाँ आवश्यक पर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचारका लागि सहयोग गरिदिन उनका बुवा राजेश सिंह डडालले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले दिपेश सिंह डडालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता नम्बर १३००५०८०२५१५०१ र भारतका लागि ८९७१४०५५७८ मा सहयोग रकम जम्मा गरि दिन हुन अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.