दार्चुला : दार्चुलामा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ । ११ केभि विद्युत लाइन वरपरका रुख, हांगा काटिने कार्य गरिने भएकाले ५ घण्टा विद्युत अवरुद्ध हुने भएको हो । भोलि बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार महाकाली नगरपालिका–६स्थित थालिगाड सबस्टेशनदेखि खलंगा लगायत अन्य क्षेत्रमासमेत विद्युत लाइन वरपरका रुख, हांगा काटिने हुँदा जिल्लाको महाकाली नगरपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिकार र नौगाडको दल्लेख क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । विद्युत अवरुद्ध हुदाँ पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ ।