धनगढीबाट दार्चुला आउँदै गरेको जीप बैतडीमा दुर्घटना

दार्चुला : धनगढीबाट दार्चुला आउँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको अपिहिमाल गाउँपालिकाको मकरीगाडका लागि छुटेको म १ ज २६० नम्बरको जीप आज बिहान साढे ५ बजेतिर बैतडीको पाटन नगरपालिका–६ हिरापूर नजिक मोडमा दुर्घटना भएको हो ।

जीपमा सवार ४ जना यात्रुहरुलाई सामान्य चोट लागेको छ । अपिहिमाल गाउँपालिकाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा उनका श्रीमान करबिर सिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएका हुन् । यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको छ । जीप ७ जना यात्रु बोकेर हिजो साझँ धनगढीबाट दार्चुलाका लागि हिडेको थियो । जीप सडक पेटीमा दुर्घटना भएका कारण मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.