दार्चुलामा डेढ किलो चरेससहित बझाङका दुई जना पक्राउ

दार्चुला : दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय राम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट उनीहरुलाई पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको सूचना अधिकारी सिंहले बताए ।

Leave A Reply

Your email address will not be published.