दार्चुला। बाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो ।यसअन्तर्गत आईफोन र एक लाख रुपैयाँभन्दा बढी मूल्यका फोनहरूका लागि प्रति सेट १० हजार रुपैयाँ, अन्य स्मार्टफोनका लागि प्रति फोन सेट तीन हजार रुपैयाँ र स्मार्टफोन बाहेकका बारफोनका लागि प्रति सेट २०० रुपैयाँ शुल्क निर्धारण गरिएको थियो ।त्यस्ता मोबाइल दर्ता गर्न भन्दै अनलाइन भुक्तानी सहित छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ । तर यस अवधिमा थोरै ग्राहकले मात्र निर्धारित शुल्क बुझाएर दर्ता गरेका छन् । ठूलो सङ्ख्यामा रहेका मोबाइल फोन अझै पनि दर्ता भएका छैनन् ।यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएका उक्त मोबाइल ह्यान्डसेटहरूमा नियामनुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ, सूचनामा भनिएको छ ।
TECHPANA बाट साभार