दार्चुला : दार्चुलामा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतवार मार्मा गाउँपालिका–४ मर्मती पन्तबगरकी पार्वती बिष्टको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । विष्टको आज मध्यान्ह मेलेगाड खोलामा खर काटिरहेका बेला एक्कासी चिल्लिदा भीरमा लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय पुष्कर विष्टले जानकारी दिए ।
मृतक महिलाका दुई छोरी र एक छोरा छन् । उनका श्रीमान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत रहेको बताइएको छ ।