दार्चुला सदरमुकाममा आयल स्टोर संचालनमा आयो

दार्चुला : दार्चुला सदरमुकाममा आइतबारदेखि आयल स्टोर संचालनमा आएको छ । महाकाली नगरपालिका–५ गल्फैस्थित महाकाली लोकमार्गमा आयल स्टोर संचालनमा आएको हो । गल्फैका हर्क बहादुर ठगुन्नाले शिवम आयल स्टोर संचालनमा ल्याएका हुन् । आइतवार आयल स्टोरको उद्घाटन गर्दै पेट्रोलियम पदार्थ विक्री वितरण सुरु गरिएको संचालक हर्क बहादुर ठगुन्नाले बताए । हाललाई शिवम आयल स्टोरमा डिजेल उपलब्ध रहेको छ ।

आयल निगमले पेट्रोलका लागि स्वीकृति नदिदाँ तत्काल पेट्रोल पम्प संचालनमा ल्याउन नसकिएको उनले बताए । पेट्रोल पम्पका लागि प्रक्रियामै रहेकाले छिट्टै सेवा उपलब्धता हुने बताइएको छ । दार्चुला सदरमुकाम क्षेत्रमा पेट्रोल पम्प नहुँदा कालोबजारी मौलाएको छ । डिजेल र पेट्रोल पाइने नेपाल आयल निगमको अधिकृत बिक्रेता शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा बालिचन आयल स्टोर मात्रै छ । सदरमुकाममै आयल स्टोल संचालनमा आएपछि उपभोक्ताहरुलाई सहज हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.