दार्चुला – दिपेन्द्र धामी स्मृति प्रतिष्ठानद्वारा आयोजि छैटौं वडा स्तरिय पुरुष भलिबलको प्रथम उपाधि आयोजकले हात पारेको छ। मालिकार्जुन गाउँपालिका–३ प्रेमनगर मडमा कार्तिक ३ गतेदेखि सञ्चालन भएको दीपेन्द्र धामी स्मृति खुल्ला भलिबलक प्रतियोता सोमबार सम्पन भएको दिपेन्द्र धामी प्रतिष्ठानका अध्यक्ष माधव सिंह धामीले बताउनुभयो ।उहाँका अनुसार प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहेको थियो । आयोजकले प्रथम स्थान हात पारेको छ भने, द्वितिय एक्सन स्टार क्लब र तृतिया शैल्यशिखर नगरपालीका वडा नम्बर २ देथला र मार्मा गाउँपालिका वडा नम्बर १ भएको प्रतिष्ठानका अध्यक्ष धामीले जानकारी दिनुभयो ।प्रथम बिजेता टिमले १ लाख १३ हजार १ सय १३ रुपैयाँ र सिण्ड प्रमाणपत्र मेडल पाएको छ ।त्यस्तै द्वितिय हुने टिमले ५५ हजार ५० सय ५५ रुपैयाँ सिण्ड प्रमाणपत्र मेडल पाएको छ । यस्तै तृतिया स्थान हासिल गर्ने दुई ओटै टिमलाई ११र११ हजार प्रमाणपत्र मेडल पाएको प्रतिष्ठानले जानएको छ । अन्तरराष्ट्रिय खेलाडी राजेन्द्र बिष्टलाई दिपेन्द्र धामी स्मृति प्रतिष्ठानले नगद ५ हजार २० रुपैयाँ सहित सम्मान गरेको उहाँले बताउनु बताउनुभयो ।