दार्चुलामा चरेश सहित “वकिल” पक्राउ

Krishna

दार्चुला – दार्चुलामा लागुऔषध चरेस सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका-५ स्थायी ठेगाना भै हाल दार्चुलाको महाकाली नगरपालिका-४ कृषि बजार बस्ने ३३ वर्षीय वकिल जागरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । चरेसको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ।बैतडीको पुर्चौडी नगरपालिका- ५ ठेगाना भएका वकिल जागरी १ सय २ ग्राम चरेशसहित पक्राउ परेका हुन ।प्रहरी निरक्षक गोबिन्द भण्डारी को नेतृत्वमा खटिएको टोलीले सोमबार दिउँसो ३:३० बजेको समयमा उनलाई पक्राउ गरिएको जनाएको छ।उनीमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जनाएको छ।

Leave A Reply

Your email address will not be published.