दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिता संचालन हुने भएको छ । दार्चुला जिल्ला कबड्डी संघको आयोजनामा यहि कात्तिक १५ गतेदेखि प्रतियोगिता संचालन हुन लागेको हो । स्थानीय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको दार्चुला जिल्ला कबड्डी संघका सचिव नविन जोशीले जानकारी दिए ।
खेल महाकाली नगरपालिका–४ स्थितको खुला मन्चमा हुनेछ । कात्तिक १५ गते बिहान ८ बजे उद्घाटन हुने कबड्डी प्रतियोगितामा सहभागिताका जनाउनका लागि कात्तिक १२ गते अप्राहन्न ५ बजेसम्म टिम दर्ता गराइ सक्नुपर्नेछ । खेल कात्तिक १५ गते बिहान १० बजेबाट सुरु हुने सचिव जोशीले बताए ।
टिम दर्ता शूल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ भने जिल्ला बाहिरको र विभागीय खेलाडीहरुलाई प्रतियोगितामा सहभागि नगराइने जनाइएको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ५५ हजार ५ सय, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद रुपैयाँ २१ हजार १२१, शिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद रु. ११ हजार १११, मेडल प्रमाणपत्र हात पार्नेछ ।
यस्तै बेष्ट रेडरलाई नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट डिफेन्डरलाई पनि नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट अलराउन्डरलाई नगद रु. १ हजार ५०५, ट्रफि र प्रमाणपत्र तथा अनुशासित खेलाडीलाई नगद २ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।