महाकाली नदी किनारको बगरमा मृत फेला परे दुहुँका टमटा

दार्चुला : दार्चुलाको महाकाली नदी किनार बगरमा एक जना मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ खलंगास्थित शिवनगर फिल्ड नजिक महाकाली नदी किनारको बगरमा पुरुष मृत अवस्थामा फेला परेका हुन । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलाका अन्दाजी ४५ वर्षीय जयराम टमटा शुक्रवार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।

लुगा धुन महाकाली नदीमा गएका टमटालाई बगरमा ढलेको स्थानीयले देखेका थिए । टमटा महाकाली नगरपालिका–४ बांगाबगरमा बस्ने गरेको खुलेको छ । उनको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.