चौलानी नदीमा एक पुरुष बेपत्ता

दार्चुला – चमेलिया नदीमा एक पुरूष बेपत्ता भएका छन् । आज दिउँसो १ बजेतिर शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित चौलानी नदीमा एक पुरुष बेपत्ता भएका हुन ।पुलबाट तल खसेर चमेलिया नदीमा बगेका पुरूषको पहिचान खुल्न बाकी छ भने अवस्था पनि अज्ञात रहेको बताइएको छ ।पुलबाट हाम फालेको हो कि खसेका हुन भन्ने पनि एकिन हुन सकेको छैन। बेपत्ता भएकाको खोजी भइरहेको तथा घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.