दार्चुला –दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–६ थालिगडा की ३२ वर्षीया हिरा धामीको आज शुक्रवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबम सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।घर नजिकै रहेको रातापड भन्ने भिरबाट खर काट्ने क्रममा बिहीबार लडेर गम्भीर घाइते भएकी धामीको उपचारका लागि धनगढी लैजाँदै गर्दा डडेल्धुराको भत्काँडा भन्ने स्थानमा मृत्यु भएको हो।