अपिहिमाल गाउँपालिकामा मदिरा विक्री वितरण तथा जुवातास खेल्नमा रोक

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाले पालिका भित्रका स्थानीय बजारहरुमा मदिरा विक्री वितरण तथा जुवातास खेल्न रोक लगाएको छ । बुधवार गाउँपालिकाले एक सूचना जारी गर्दै तिहारलाई मध्यनजर गर्दै गाउँपालिकामा शान्ति, सुरक्षा अमनचयन कायम गर्न कात्तिक २२ गतेबाट लागू हुने गरी अबैध मदिरा विक्री वितरण तथा जुवातासमा रोक लगाइएको जनाएको छ ।पालिकाका स्थानीय बजार अपिहिमाल गाउँपालिका वडा नम्बर ४ खण्डेश्वरी,वडा नम्बर ५ को मकरीगाड, ओखल, वडा नम्बर ३ को काफलधार, कटेलीगाड, पाथा, मेलढुंगा, वडा नम्बर ४ को तामाखानी, खात्ती, पुतली बजार, वडा नम्बर २ को घुसा, नाली र वडा नम्बर १ को सिति, थेपलेमा बुधवार देखि नै मदिरा तथा जुवातास पूर्ण रुपमा रोक लगाइएको हो ।खण्डेश्वरी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित भई मदिरा बिक्रि वितरण नियमन, घरेलु मदिरा बिक्रि नियन्त्रण र जुवातास पूर्ण रुपमा नियन्त्रण गर्न पहिलो चरणमा व्यापारीहरुलाई सुझाव सल्लाह दिने र दोस्रो चरणमा अनुगमन गर्दा सोही व्यवहोरा भेटिएमा प्रचलित कानून बमोजिम कारवाही हुने गाउँपालिकाले जनाएको छ

Leave A Reply

Your email address will not be published.