सामाजिक विकास कार्यालय दार्चुलाद्धारा बजेट तथा कार्यक्रमबारे जानकारी

दार्चुला – सामाजिक विकास कार्यालय दार्चुलाले चालू आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरु बारे जानकारी गराएको छ । मंगलवार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी अभिमुखीकरण÷सार्वजनिकीकरण कार्यक्रम गर्दै जानकारी गराएको हो ।प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालयले जिल्लामा पुजिगत तथा चालू खर्च अन्तर्गतका विभिन्न योजना, विद्यालय भवन, विद्यालयमा आइसीटी व्यवस्थापन, महिला विकास, लैगिंक हिंसा निवारण, अपांग अधिकार प्रवद्धन, जेष्ठ नागरिक, लागु पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना जस्ता कार्यक्रम संचालन गरिरहेको कार्यालयका प्रमुख रामचन्द्र ओझाले जानकारी दिए ।चालू आर्थिक वर्षमा पुजिगत खर्च अन्तर्गतका कार्यक्रमहरु १० वटा, चालू खर्च अन्तर्गतका कार्यक्रमहरु ११ वटा, आइसीटी व्यवस्थापनतर्फ १७ वटा कार्यक्रम, महिला विकास÷लैगिंक हिंसा निवारण कार्यक्रम ४÷४ वटा, अपांग अधिकार प्रवद्धन कार्यक्रम २ वटा, जेष्ठ नागरिक सम्बन्धी २ वटा कार्यक्रम रहेको उनले बताए । कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ देखि हालसम्म बेरुजु रकम शून्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.