खलंगा सीमा पुल आजदेखि बिहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने

खुल्ने समय एक घण्टा छोट्याइयो

दार्चुला : भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका-४ खलंगास्थितको झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको छ । यसअघि बिहान ६ बजे खुलेर वेलुकी ७ बजे बन्द हुदै आएको सीमा पुल आजदेखि विहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने भएको छ ।

अब दिन छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको हो । यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर गर्छन् ।

Leave A Reply

Your email address will not be published.