ऐतिहासिक जोलजिवी मेलाको मुख्यमन्त्री शाहले उद्घाटन गर्ने

दार्चुला : मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा भोलिदेखि लाग्ने ऐतिहासिक जोलजिवी मेलाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुहुनुभएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजनामा सुरु हुने मेला महोत्सवको उद्घाटनका लागि मुख्यमन्त्री शाह आज दार्चुला आइपुग्नुभएको छ । भोलि बिहान ११ बजे मेलाको उद्घाटन हुने मालिकार्जुन गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री सँगै सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री शिव राज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र प्रदेश सभा सदस्य विक्रम सिंह धामी पनि रहेका छन् ।

जोलजिवीमा नेपाल र भारत दुबैतर्फ मेला लाने गर्दछ । भारततर्फ नोभेम्बर १४ तारिख महाकाली र गोरी नदीको संगम जोलजिवीमा हुने व्यापारिक मेलाको उद्धघाटन गरिएको छ । मेलाको भारत उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुस्कर सिह धामीले उद्धघाटन गरेका छन् । नेपालको जोलजिवीमा मंसिर १ गते देखि ३ गतेसम्म मेलाको आयोजना गरिने मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ ले जनाएको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

मेला महोत्सवमा स्थानीय कला संस्कृति झल्किने नृत्य र झाँकीहरु देखाइने छ । नेपाल–भारत सीमा क्षेत्र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र भारतको जौलजिवी बजारमा लाग्ने यो ऐतिहासिक मेला १ सय ५० साल पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिवीमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । १८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजिवी मेलाको सुरुवात गरेको इतिहास छ । जोलजिवी मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ ।

Leave A Reply

Your email address will not be published.