दार्चुला । दार्चुलाको दार्चुला गोकुलेश्वर सडक खण्डमा सवारीको आवातजावत सुरु भएको छ। सडक भाँसिदा एक महिनादेखि अवरुद्ध उक्त सडक आइतबारदेखि सञ्चालनमा आएको हो।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतमा सडक भाँसिदा लामुदुरीका सवारी सञ्चालनमा समस्या भएको थियो। मर्मतको काम सकिएपछि पुनः सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताउनुभयो । अबरुद्ध भएको सडक मर्मत गरेपछि पुर्ण रुपमा सडक सञ्चालनमा आएको उहाँले बताउनुभयो । सडक अबरुद्ध हुँदा जिल्ला सदरमुकाम सम्म ठुला सवारी साधन सञ्चालन हुन सकेका थिएन्न ।