दार्चुला : दार्चुलाको महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिका-८ पस्तीको थक्तोलीमा बस ठोक्किएका छन् । जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको सुपप्र ०२-००१ ख ११४७ नम्बरको बस र महाकाली नगरपालिकाको सुपप्र ०१-००१ ख २३९३ नम्बरको नगर बस आज दिउँसो ठोक्किएका हुन् ।
दुबै बस एक आपसमा जुध्दा नगरबस नालिमा ठोक्किएको हो । नगरबस नालिको भित्तामा ठोक्किदा अगाडि पट्टिको भागमा क्षती पुगेको छ । नगर बस मालिकार्जुन जात्राबाट प्रहरी बोकेर आउदै थियो । दुर्घटनामा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।