दार्चुलामा अरिङ्गालले टोक्दा ९२ वर्षीय वृद्धको मृत्यु

दार्चुला : दार्चुलामा अरिङ्गालले टोकेर एक वृद्धको मृत्यु भएको छ । मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याण सिंह सामन्तको मृत्यु भएको हो । घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएका थिए ।

घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.