दार्चुला : सामाजिक विकास कार्यालय दार्चुलाले महिलाहरुका लागि लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै महिलाहरुका लागि लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो ।
कार्यालयको चालू आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा संचालन गरिने सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाले बताए । कक्षा लिन चाहनेहरुले यहि मंसिर २५ गतेसम्म शैक्षिक योग्यताका प्रमाणपत्रसहित निवेदन दिन अनुरोध गरिएको छ ।