दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजन बैतडी सर्‍यो

दार्चुला – दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो ।
सोमवार आयोजना प्रमुखसहित कर्मचारीहरु बैतडीको पाटन हिडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरि कार्यालयका खरिदार गिता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेश प्रसाद आचार्यले बताए ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो ।
सिँचाई तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला हेर्ने गरि बनाइएको छ ।
२०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको हो । नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै २ वटा प्याकेजको काम बाँकी रहेको छ । यस्तै गत वर्ष लास्कु खोलामा आएको बाढीले करिव १ किलोमिटर तटबन्धमा क्षती पुर्याएको थियो  ।

काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक-पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टी जनाएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.