दार्चुलामा ६ सय ८० लिटर घरेलु मदिरा नष्ट

दार्चुला : दार्चुलामा प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको मार्मा गाउँपालिका–५ गोल्फामा कच्चा पदार्थसहित ६ सय ८० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको हो ।

शुक्रवार गोल्फाका स्थानीय नन्दन सिंह महता र जीत बहादुर महताको घरबाट ६ सय ५० लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ३० लिटर मदिरा बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मार्माका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरीले मार्मा गाउँपालिकामा यसअघि पनि ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको थियो ।

Leave A Reply

Your email address will not be published.