स्वावलम्बी सहकारीले संचालनमा ल्यायो मोबाइल बैंकिङ एप

Krishna

दार्चुला : स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । बिहीवारदेखि संस्थाले ग्राहक वर्गका लागि मोबाइल बैंकिङ एप संचालनमा ल्याएको हो । आफ्ना ग्राहकलाई डिजिटल प्रविधिसँग जोडेर सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाका प्रवन्धक भुवन जोशीले बताए ।

बैंकहरुले दिने सेवा जस्तै अब स्वावलम्बी सहकारीले पनि सफ्टवेयरमार्फत डिजिटल कारोबार, एप्स र एसएमएस बैकिङ, अन्तर बैंकिङ सेवा दिने बताइएको छ । अबदेखि सहकारीका ग्राहकहरुले खातामा पैसा जम्मा गरेको र निकालेको सूचना मोबाइलको एसएमएसबाट सहजै थाहा पाउँछन् । यस्तै मोबाइल मोबाइल बैंकिङमार्फत पैसा पठाउन, बिलहरु तिर्न, रिचार्ज गर्न सक्नेछन् । मोबाइल बैंकिङ्ग प्रयोग गर्न प्लेस्टोरमा (मिरा एप्स, myra m–banking) डाउनलोड गरी रजिष्टर गर्नुपर्ने बताइएको छ ।

मोबाइल बैंकिङ्गमार्फत सेवाग्राहीलाई बचत, ऋण तथा अन्य जानकारी सम्बन्धी सन्देशहरु प्रवाह हुनेछन । २०६८ सालमा स्थापना भएको स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विविध कारणले नियमित संचालन हुन नसकेकोमा पुनः नयाँ व्यवस्थापनका साथ २०७९ माघ ४ गतेबाट दार्चुला जिल्ला सदरमुकाम खलंगामा कार्यालय स्थापना भइ सेवा दिइरहेको छ ।

Leave A Reply

Your email address will not be published.