जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर

दार्चुला : जिल्ला अस्पताल दार्चुलाले पहिलो पटक हाडजोर्नी विशेषज्ञ डाक्टर पाएको छ । अहिलेसम्म हाडजोर्नी विशेषज्ञ डाक्टर नपाएको अस्पतालले पहिलो पटक डाक्टर प्रल्हाद थापालाई पाएको हो । प्रदेश सरकारको अनुदानमा जिल्ला अस्पताल दार्चुलाले करारमा नियुक्ति गरेका हाडजोर्नी विशेषज्ञ डाक्टर प्रल्हाद थापालाई जिल्ला अस्पताल दार्चुलामा मंगलवार एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै डाक्टर थापाले आफूमा भएको ज्ञान सीप, क्षमता र दक्षतालाई भरपूर प्रयोग गरी जनसेवामा खटिने प्रतिवद्धता गव्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक राज जोशीले अस्पतालमा आवश्यक पर्ने सबै मेशिन, उपकरणको व्यवस्थापन गरी अस्पतालबाट छिट्टै सेवा प्रवाह गरिने बताए ।
साथै उनले कठिन भौगोलिक अवस्थाका बाबजुत पनि यहाँका आम सर्वसाधारण र जनताका लागि कुशलता पूवक सेवा प्रबाह गरि दिन आग्रह छन् । लामो समयको संघर्ष पश्चात हाडजोर्नी विशेषज्ञ डाक्टर ल्याउन सफल भएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख एवं निमित्त मेसु संजिव श्रेष्ठले बताए ।

डाक्टर अभावमा सेवा सुचारु गर्न नसकेको अस्पतालमा अहिले विशेषज्ञ डाक्टर आएपछि सेवा सुरु गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । अस्पतालमा विशेषज्ञ डाक्टर थापा हाजिर भएपछि हाडजोर्नी सम्बन्धी सेवा सुरु भएको अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । अब ढाड दुख्ने, जोर्नी दुख्ने र सुन्निने, चोटपटक लागेका, बाथ रोग भएका र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरूले नियमित रुपमा सेवा लिन सक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.