सीमानाका सडक सरकारले प्राथमिकतामा राख्नुपर्छ : प्रतिनिधिसभा सदस्य बडू

दार्चुला : सीमानाका सडक सरकारले प्राथमिकतामा राख्नुपर्ने प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले बताउनुभएको छ । बिहीवार नेपाल प्रेस युनियन दार्चुला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्य बडूले सीमानाका सडक सरकारको प्राथमिकतामा परी तीव्र काम हुनुपर्ने बताउनुभएको हो । दार्चुला–तिंकर सडकलाई तीव्र गतिमा अगाडी बढाउन आफू सकृय भएको बताउँदै यसका लागि आवश्यक समन्वय गरी बजेट सुनिश्चितताका लागि नतिजामुखी पहल भइरहेको बताउनुभयो ।

यसैबीच तिंकर सडकको जिम्मा पाएको नेपाली सेना सँगको सहकार्यमा अब घोरेटो बाटो पनि सेनाकै एलाइनमेन्टमा बनाउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै बडूले तिंकर जोड्ने घारेटो बाटोको नाममा अरबौ रकम खर्चिपनि परिणाममुखी काम हुन नसक्दा अब पालिकाको विशेष अनुदानको बजेट र डोलिडारको बजेटलाई एकिकृत गरी एकै एलाइनमेन्टमा खर्च गर्नुपर्ने उपयुक्त देखिएको बताउनुभयो ।

नेपाली सेनालाई बिशेष ट्याक खोल्न लगाएर उक्त सडकलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ थियो । पालिकालाई प्राप्त हुने विशेष अनुदानको बजेटले अब व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरुबाट तलतिर घोरेटो बाटो बनाउनुपर्ने योजना रहेको उहाँले बताउनुभयो । यस्तै उकु–लाली–सेरा सडकलाई तीव्रता दिएर काम अगाडी बढाउनुपर्ने बताउँदै यो सडक छोटो मार्ग रुपमा विकसित हुने उहाँको भनाई थियो ।

यस्तै यहाँका विकट बस्तीलाई निकट गराउँदै नागरिकको सहजताका लागि जिल्लाका ६ ठाउँमा झोलुंगे पुलका लागि सर्वे भएको जानकारी गराउनुभयो । यी पुल स्वीकृत भए क्रमागत रुपमा निर्माण हुने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.