गुनासो तथा सुझाव सुन्न दार्चुला प्रहरीले संचालनमा ल्यायो ‘क्यूआर कोड’

Krishna

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले क्यूआर कोड (स्क्यान सिस्टम) सञ्चालनमा ल्याएको छ । नागरिकका गुनासा तथा सुझाव सुन्न ‘क्यूआर कोड’ संचालनमा ल्याइएको हो । प्रहरी सँग सम्बन्धित कुनै गुनासा तथा सुझाव राख्न सहज होस् भनेर क्यूआर कोड सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए । प्रहरी सेवालाई प्रविधिमैत्री तथा छिटोछरितो रुपमा सेवा दिने अभिप्रायले यो सेवा थपिएको उनले बताए ।

क्यूआर कोड जिल्ला प्रहरी कार्यालयको मूल गेटमा राखिएको छ । नागरिकले आफ्ना समस्या, सुझाव तथा गुनासाहरु क्युआर कोडमार्फत स्क्यान गरी जिल्ला प्रहरी कार्यालयमा पठाउन सक्नेछन् । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकोसमेत क्यूआर कोड सञ्चालनमा ल्याइएको थियो ।

Leave A Reply

Your email address will not be published.