मन्त्री फेरेर परिणाममुखी काम देखाउँछु ; प्रधानमन्त्री प्रचण्ड

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताउनुभएको छ । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ ।उहाँले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिने बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।प्रचण्डले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.