दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका –६ का भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिलाउनका लागि नाप जाँच अनुगमन गर्ने काम आज देखि सुरु गरिएको छ ।
भुमि आयोग जिल्ला समिति सचिवालयका अध्यक्ष लालसिंह धामी, राष्ट्रिय भुमी आयोगका बिज्ञ सदस्य पान सिंह धामी,जिल्ला भुमी आयोगका अमिन रमेश सिंह खाती, वडा नम्बर -६ का वडा सदस्य पदम सिंह धामी, शैल्यशिखर नगरपालिकाका अमिन बिरेन्द्र सिंह रावल लगायतको सहभागिता रहि चैतलीचौर बजारमा नापजाँच गरिएको राष्ट्रिय भुमी आयोगका अध्यक्ष लाल सिंह धामीले बताए।
नापी कार्यालयको टिमले निरन्तर नाप जाँच गरेर साविकको आयोगद्वारा भएका अधुरा, अपुराकामहरुलाई निरंतरता दिने तथा जग्गा धनी प्रमाण पुर्जा प्रदान गरिने अध्यक्ष धामीले जानकारी दिए।
विगतका आयोगद्वारा गरिएका अधुरा अपुरा कामहरुलाई निरन्तरता दिई तीन दशकदेखि बसिआएका अव्यवस्थित वसोवासीहरुलाई नाप जाज पश्चात् लालपुर्जा दिने कामको थालनी हुने राष्ट्रिय भुमी आयोगका सदस्य पान सिंह धामीले बताए ।
धेरै दायित्व स्थानीयतहको नै हो स्थानीय तहहरुले भूमिआयोगसंग गरेको सम्झौता अनुसार काम अघि बढाएमा यसै आर्थिक वर्षमा यस जिल्ला भरी पुर्जा वितरण गर्न सकिने अध्यक्ष धामीले जानकारी दिए ।
राष्ट्रिय भुमी आयोगका बिज्ञ सदस्य पान सिंह धामी का अनुसार समितिले यस आयोगले निर्देशित गरेका सकारात्मक प्रकृतिका जग्गाहरु र विगतका आयोगले थाती राखेका अधुरा अपुरा जग्गाहरुको नक्सांकन गरी छिटो भन्दा छिटो दिने तयारी गरेको छ । ‘
हालको आयोगले व्यवस्था गरे अनुरुप स्थानिय तहहरुको भुमिका निकै धेरै रहेकोले सबै पालिकाहरुले निस्सा वितरण पश्चात आफ्नो जनशक्ति तथा यस समितीको जनशक्ती परिचालन गरेर नापनक्सा गरी नक्सा सहितको विवरणहरु जिल्ला समितीमा पेश गर्ने र त्यसपछि जिल्ला समितीले उक्त नक्सा सहितको विवरण चेकजाँच गरी श्रेस्ता, पुर्जा दिने काम छिटो भन्दा छिटो गर्न सकिनेछ ।’
कुनै पनि नबुझेको कुराहरु यस जिल्ला समितिले सहयोग गर्नेछ तर यस जिल्लामा पालिकाहरुले धेरै चासो नलिएका कारण यो काममा अस्थिरता आएको बताए । पालिकाहरुको संमन्वय, बजेट व्यवस्थापन र कर्मचारीको व्यवस्थापन र नक्सांकन गर्ने दायित्व भएकोले सबै पालिकाले आफ्नो पालिकाभित्रका सबै भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको नक्सा तयार गर्नेतर्फ सबै पालिकाको ध्यान केन्द्रित हुनुपर्ने र त्यसको आवश्यक सहजिकरणको लागी आयोगका अध्यक्ष,सदस्य, सदस्य सचिव लगायतको टिम सदैव खुला रहेने आयोगका अध्यक्ष धामीले बताए।