दार्चुला एमालेद्धारा ९ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक

दार्चुला : नेकपा एमाले दार्चुलाले ९ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलनमार्फत नेकपा एमालेका केन्द्रीय कमिटि सदस्य एवं दार्चुला ईन्चार्ज शहदेव बोगटी, जिल्ला अध्यक्ष प्रेमसिंह धामी लगायत नेताहरुको उपस्थितिमा ९ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको हो ।

नेकपा एमालेले ९ औँ जिल्ला अधिवेशन पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा गर्ने भएको छ । अधिवेशनको तयारी स्वरुप शनिवार लोगो सार्वजनिक गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिए ।

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नारा दिएर सृजना गरिएको लोगोको बीच भागमा राष्ट्रिय धाम मालिकार्जुन मन्दिर, पृष्ठभूमिमा अपिहिमाल र छेउतिर राष्ट्रिय स्तम्भको तस्वीर अटाइएको छ । अधिवेशनका लागि वडा, पालिकाबाट साढे चार सय जति प्रतिनिधि आउने बताइएको छ । ९ औँ अधिवेशन एकताको अधिवेशन हुने एमालेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.