संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन सकिँदैन ; सभापति देउवा

Krishna

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताउनुभएको छ ।
गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको देउवाको भनाइ छ ।सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित विमर्श सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई किसुनजीले देखाएको बाटोमा अघि बढाउन सके पछाडि फर्किएर हेर्नु नपर्ने बताउनुभयो ।अहिले हामीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रलाई कमजोर बनाउने कुराहरू आइरहेका छन् । यी सबै कुराहरूलाई परास्त गरेर अघि बढ्नुपर्नेछ,’ देउवाले भन्नुभयो, ‘हामी अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’पूर्वप्रधानमन्त्री भट्टराईसँग पहिलो पटक २०२४ सालमा नख्खु जेलमा भेट भएको स्मरण गर्दै सभापति देउवाले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.