निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा बडू निर्वाचित

दार्चुला : निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा सर्पराज बडू निर्वाचित हुनुभएको छ । संघको छैटौँ अधिवेशनअन्तरगत सोमवार भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार लालबहादुर चन्दलाई १६ मतले पछि पार्दै बडू निर्वाचित भएका हुन् । बडूले ८१ मत प्राप्त गरका छन भने उनका प्रत्यासी उम्मेदवार चन्दले ६५ मत प्राप्त गरे । दुबै काँग्रेस निकट उम्मेदवार हुन् ।
यस्तै प्रथम उपाध्यक्षका लागि भएको निर्वाचनमा ९६ मतसहित जय बहादुर पाल निर्वाचित भएका छन् भने उनका प्रत्यासी उम्मेदवार कल्यान सिंह कार्कीले ४९ मत प्राप्त गरे । द्धितीय उपाध्यक्षमा भुवन सिंह भण्डारी निर्वाचित भएका छन् । उनी नर बहादुर बमलाई पछि पार्दै बिजयी भएका हुन् । भण्डारीले ९६ मत पाए भने बमले ५० मत पाए । यस्तै महासचिवमा ७२ मत ल्याउदै चरनसिंह बुढाथोकी निर्वाचित भएका छन् । उनका प्रत्यासी लक्ष्मण सिंह डाँगाले ५३ मत पाए भने धन बहादुर कुँवरले १८ मत पाए । सचिवमा राजेन्द्र सिंह विष्ट निर्वाचित भएका छन् । विष्टले ६३ मत पाउँदा प्रकाशसिंह धामीले ५५ तथा लोकेन्द्र पालले २७ मत पाए ।
यस्तै कोषाध्यक्षमा ५६ मत प्राप्त गर्दै धनसिंह धामी निर्वाचित भएका छन् । उनका प्रत्यासी चक्र सिंह ह्याकीले ४२ मत पाए भने विक्रम सिंह ठगुन्नाले ४५ मत प्राप्त गरे ।
सदस्यहरुमा गोबिन्द सिंह धामी (रबी), अशोक सिंह साउद, केशव सिंह धामी, दयाकृष्ण बडू, हरिदत्त जोशी र महिला सदस्यमा बागमती बम चन्द निर्विरोध निर्वाचित भएका छन् ।

Leave A Reply

Your email address will not be published.