चेन्नई शीर्ष स्थानमा, कोलकाता लाई दुई विकेटले हरायो

दार्चुला – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आज आइतवार भएको पहिलो खेलमा चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नईले पूरै ओभर खेल्दै आठ विकेटको क्षेतिमा भेटाएको हो ।

चेन्नईका लागि फाफ डु प्लेसीले ४३, रुतुराज गायकवडले ४०, मोइन अलीले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । बलिङतर्फ कोलकाताका सुनील नराइनले तीन विकेट लिए ।

यसअघि आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । कोलकाताका लागि राहुल त्रिपाठीले ४५, नितिश रानाले ३७, दिनेश कार्तिकले २६ र आन्द्रे रसेलले २० रन बनाए । बलिङतर्फ चेन्नईका जोश हेजलवूड र शार्दूल ठाकुरले दुई–दुई विकेट लिए ।
यो जितसँगै चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १० खेलमा १६ अङ्क जोड्दै चेन्नई शीर्ष स्थानमा पुगेको हो । उति नै खेलबाट उति नै अङ्क बनाएको दिल्ली क्यापिटल्स रन रेटका आधारमा दोस्रो स्थानमा छ । कोलकाताको भने १० खेलमा आठ अङ्कमात्र छ ।

Leave A Reply

Your email address will not be published.