डिभाईन युथ क्लव दार्चुलाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

दार्चुला – दार्चुलामा डिभाईन युथ क्लवले विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । बिहिवार राधा माधव समिति अन्तरगतको डिभाइन युथ क्लव दार्चुला शाखाले विद्यार्थीलाई न्यानो वस्त्र वितरण गरेको हो ।

महाकाली नगरपालिका वडा नम्वर ५ मा रहेको जनप्रिय आधारभुत विद्यालयमा अध्यनरत कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुलाई न्यानो लुगा टोपी र स्वीटर बितरण गरिएको राधा माधव समिति दार्चुलाका अध्यक्ष नरेन्द्र राज बडुले जानकारी दिनुभयो । महाकाली नगरपालिकाका नगर प्रमुख नरसिहँ चैसेर, उप प्रमुख दुर्गा कुमारी खत्री विस्टको उपस्थितिमा सो विद्यालयका ६९ जना विद्यार्थीलाई लुगा वितरण उहाँले बताउनुभयो ।

डिभाइन युथ क्लब नेपाल जगतगुरु कृपालुजि महाराजका नेपाली प्रचारक स्वामी श्री हरिदास जि महाराजले २०६९ सालमा स्थापना गरेको गैरसरकारी , गैरराजनीतिक एवं गैरनाफामुलक संस्था हो ।

देशभरिका युवा, विद्यार्थीलाई संगठित गरेर आत्मज्ञान संगै आध्यात्मिक जागरण गर्ने उद्देश्य राखेको क्लवले सामाजिक सेवाका काम गरिरहेको अध्यक्ष बडुले बताउनुभयो । गतवर्ष महाकाली नगरपालिका वडा नम्बर २ का दुइटा विद्यालयमा न्यानो लुगा वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.