रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिद्वारा राजीनामा 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् ।

महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति  प्रकाश बिष्टले जानकारी दिए ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् । श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.