एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा घर्ती

दार्चुला- नेकपा एमाले दार्चुलाको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नवौँ जिल्ला अधिवेशनबाट ज्ञानेन्द्र बहादुर घर्ती ‘बन्दी’ को अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरिएको हो ।

जिल्ला कमिटिको उपाध्यक्षमा परमानन्द जोशी, सचिव उमेशराज जोशी, उपसचिवमा कर्ण बहादुर खडायत र कमला पन्त विष्ट चयन हुनुभएको छ । पुस १८ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनले बिहीवारसम्म नेतृत्व चयन गरिसक्ने कार्यतालिका थियो । तर, सहमतिमै नेतृत्व चयन गर्ने भनिएकोमा पदाधिकारीका आकांक्षीहरुबीच सहमति जुट्न नसक्दा एक दिन थप लम्बिएको हो ।

Leave A Reply

Your email address will not be published.