दार्चुलामा एक महिलाको वेवारिसे शव फेला

काठमाडौं- दार्चुलामा एक महिलाको वेवारिसे अबस्थामा शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ पथरानी रुक्साल खोलामा आज सोमबार बिहान महिलाको शव फेला परेको हो।

करिब ३५ वर्षीया ती महिलाको परिचय भने नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.