काठमाडौं- सुदूरपश्चिममा बहुमत देखिएको सत्ता गठबन्धनका दलले संविधानको मर्म र राष्ट्रिय सभाको चरित्रलाई आत्मसात् नगरी उम्मेदवार बनाएका छन्।
खासगरी गठबन्धनको मुख्य दल कांग्रेसले पटकपटक अवसर पाएका र गुटभित्र पनि नेतृत्वको नजिक भएकालाई उम्मेदवार बनाएकोमा पार्टीभित्रै विरोध भएको छ। राष्ट्रिय सभाका लागि २० सिटको भागबन्डा हुँदा गठबन्धनमा सबैभन्दा ठूलो हिस्सा (१० सिट) कांग्रेसले पाएको छ।
सुदूरपश्चिमबाट बलदेव बोहोरा (अन्य) तथा नारायणदत्त भट्ट (अपांगता, अल्पसंख्यक) लाई उम्मेदवार बनाएको छ। अन्य समूहबाट उम्मेदवार बोहोरा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्। उनी जिल्ला विकास समितिमा पूर्वसभापति र २०७० मा समानुपातिकबाट सांसद भएका थिए।